बजेटपछि २.७७ अङ्कले बढ्यो शेयर बजार, कारोबार ९ अर्बमाथि
१९ जेष्ठ २०८२, सोमबार १५:०५

काठमाडौं । बजेट पछिको पहिलो शेयर कारोबार खुलेको दिन नेप्सेमा उत्साह छाउने लगानीकर्ताहरुले आश गरेपनि पर्ख र हेरको अवस्थामा अझै रहेको आजको नेप्से इन्डेक्सले देखाएको छ।साताको दोस्रो दिन आज नेप्से इन्डेक्स २।७७ अंकले बढेर २६९५।८४ को विन्दुमा कायम भएको छ।
सूचीकृत ३१४ कम्पनीको २ करोड २० लाख ३१ हजार ८ सय ६१ कित्ता शेयर खरिद बिक्रि हुँदा ९ अर्ब २२ करोड रुपैयाँको शेयर कारोबार भएको छ।सात उपसूचकमा हरीयाली छाएको छ भने पाँच उपसूचक राताम्मे भएको छ।
आज होटल एण्ड टुरिजममा लगानीकर्ताको आकर्षण देखिएको छ।












