दुई कम्पनीको शेयरमा सर्किट, आज यी कम्पनीका लगानीकर्ता भए मालामाल
१९ जेष्ठ २०८२, सोमबार १५:१५

काठमाडौं । नेप्से २.७७ अंकले बढेसँगै आज ओम मेगाश्री र पियोर इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ।
यसका अलवा न्यादी हाइड्रोपावर, एचआईडीसीएल, सप्तकोशी विकास बैंक, नेपाल रिपब्लिक मिडिया र तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य सर्वाधिक बढेको छ।
त्यसैगरी जनउत्थान सामूदायिक लघुवित्त, निफ्रा र माउन्टेन हाइड्रो नेपालका शेयरधनीहरू मालामाल भएका छन्।













