सिटिजन्स बैंकका ग्राहकलाई पनौतीको डायमण्ड हिल रिसोर्टमा छुट

१९ जेष्ठ २०८२, सोमबार १५:२९

काठमाडौं । सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्ड बाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले काभ्रेको पनौतीस्थित डायमण्ड हिल रिर्सोटमा छुट पाउने भएका छन्।

बैंक र उक्त होटलबीच भएको एक सम्झौता अनुसार बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले १५ प्रतिशतसम्म छुट पाउने भएका छन्।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साह गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*