एनआईसी एशिया लघुवित्तको १ करोड ४५ हजार कित्ता शेयरको लकइन असारमा सकिने
२० जेष्ठ २०८२, मंगलवार ०८:०४

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापकहरूको १ करोड ४५ लाख कित्ता शेयरको लकइन अवधि असार १९ गते सकिने भएको छ।
यस कम्पनीले २०७७ साल असार २० गते सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेको थियो। सर्वसाधारणलाई शेयर बाँडफाँड गरेको मितिले ५ वर्षसम्म कम्पनीको शेयर लकइनमा रहने व्यवस्था भएको थियो।
लकइन अवधि सकिएपछि संस्थापक शेयरधनीले होल्ड गरेको शेयर कारोबार गर्न सकिनेछ।













