जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय २३ प्रतिशतले बढ्यो, प्रभु, नेपाल र सूर्यज्योति लाइफ ग्रोथमा अगाडि

काठमाडौं । जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन गत बर्षको तुलनामा २३ प्रतिशतले वृद्धि भएको छ।
गत बर्षको २४ अर्ब २३ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको बैशाख मसान्तसम्ममा २९ अर्ब ९३ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
यस अवधिसम्मा नेपाल लाइफले सबैभन्दा धेरै नयाँ बीमा व्यवसाय भित्र्याउन सफल भएका छन् । कम्पनीले १० महिनाको अवधिमा ६ अर्ब ८३ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको हो ।
दोस्रोमा नेशनल लाइफ रहेको छ ।कम्पनीले यस अवधिसम्ममा ४ अर्ब ९ करोडको बीमा व्यवसाय भित्र्याउन सफल भएको छ ।
तेस्रोमा एलआईसी नेपाल रहेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा २ अर्ब १३ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
वृद्धिदरको आधारमा भने राष्ट्रिय जीवन बीमा कम्पनी अगाडि रहेको छ। राष्ट्रिय जीवन बीमा कम्पनीको बीमा व्यवसाय गत बर्षको तुलनामा १२२ प्रतिशतले वृद्धि भएर १ अर्ब ५ करोड रुपैयाँ रहेको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले ४७ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको थियो ।
संस्थानमा सरकारी संस्थानहरुको सामूहिक बीमा भएको कारण कम्पनीको ग्रोथ देखिएको हो ।

प्राधिकरणको तथ्यांक अनुसार प्रभु महालक्ष्मी लाइफ, नेपाल लाइफ र सूर्य ज्योति लाइफ व्यवसाय वृद्धिमा अग्रस्थानमा रहेका छन् ।
प्रभु महालक्ष्मी लाइफको प्रथम बीमाशुल्क आर्जन गत बर्षको तुलनामा ६७ प्रतिशतले बढेर १ अर्ब २१ करोड रुपैयाँ पुगेको छ। गत बर्षको सोहि अवधिमा कम्पनीले ७ करोड २५ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफ भएको थियो ।
नेपाल लाइफले गत बर्षको तुलनामा ३१ प्रतिशतले नयाँ व्यवसाय वृद्धि गर्न सफल भएको छ ।
तेस्रोमा सूर्य ज्योति लाइफ रहेको छ। कमपनीले गत बर्षको तुलनामा २७ प्रतिशतले आफनो नयाँ व्यवसाय वृद्धि गरेर १ अर्ब २१ करोड रुपैयाँ पुराएको छ।
त्यस्तै, १० प्रतिशतभन्दा कम नयाँ व्यवसाय वृद्धि गर्ने कम्पनीहरुमा आइएमई लाइफ, मेट लाइफ र सन नेपाल लाइफ रहेको छ ।
नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार यस त्रैमासको अवधिसम्ममा नेपाल लाइफले सबैभन्दा धेरै नयाँ बीमा व्यवसाय भित्र्याउन सफल भएका छन् । कम्पनीले १० महिनाको अवधिमा ६ अर्ब ८३ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको हो ।
दोस्रोमा नेशनल लाइफ रहेको छ ।कम्पनीले यस अवधिसम्ममा ४ अर्ब ९ करोडको बीमा व्यवसाय भित्र्याउन सफल भएको छ ।
तेस्रोमा एलआईसी नेपाल रहेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा २ अर्ब १३ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
त्यस्तै, सूर्य ज्योति लाइफले २ अर्ब ५ करोड रुपैैयाँ, हिमालयन लाइफले १ अर्ब ९२ करोड रुपैयाँ, सिटिजन लाइफले १ अर्ब ५४ करोड रुपैयाँ, एशियन लाइफले १ अर्ब ३९ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले १ अर्ब ३३ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब १८ करोड रुपैयाँ, मेट लाइफले १ अर्ब ११ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ७ करोड रुपैयाा आइएमई लाइफले १ अर्ब ३ करोड रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ९२ करोड रुपैयाँ र सन नेपााल लाइफले ८० करोड ५३ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।













