दरमखोला हाइड्रो इनर्जीले पायो आईपीओ निष्कासनको अनुमति

२० जेष्ठ २०८२, मंगलवार २१:०६

नेपाल धितोपत्र बोर्डले दरमखोला हाइड्रो इनर्जी कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ ।

कम्पनीले कुल ३९ लाख ५० हजार कित्ता सर्वसाधारण समूहको सेयर निष्कासन गर्न लागेको हो । जुन कुल सेयरको ३८।३३ प्रतिशत हो ।

अंकित मूल्य १ सयका दरले कम्पनीले सेयर निष्कासन गर्न लागेको हो । बिक्री प्रवन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । कम्पनीले बागलुङको गलकोटमा ९।६ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*