नेशनल लाइफ र एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२१ जेष्ठ २०८२, बुधबार ०६:३४

काठमाडौं । आज नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

यी दुवै कम्पनीले भोलि जेठ २२ गते बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कायम शेयरधनीले मात्रै सम्बन्धित कम्पनीको साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

नेशनल लाइफले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर र यसका लाग्ने कर तिर्न ०.७८९४७३ प्रतिशत नगद लाभांश समायोजन गर्ने घोषणा गरेको छ।

घोषित लाभांश पारितका लागि आउँदो असार ५ गते लाजिम्पाटस्थित कम्पनीको आफ्नै केन्द्रीय कार्यालयमा बिहान साढे १० बजे सैंतीसौं वार्षिक साधारण सभा बस्दैछ।

यता एनएलजी इन्स्योरेन्सले चुक्ता पूँजीको २.५० प्रतिशत बोनस शेयर र ०.१३१५७९ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको निर्णय गरेको छ।

उक्त निर्णय पारित गर्न यही जेठ २९ गते बालुवाटारस्थित आम्रपाली ब्याङ्केटमा बिहान ११ बजे १९औं वार्षिक साधारण सभा बस्दैछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*