सिटी होटलले ८० प्रतिशत हकप्रद शेयर जारी गर्ने

२१ जेष्ठ २०८२, बुधबार ०६:५८

काठमाडौं । सिटी होटलले ८० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ। यसका लागि होटलले नेपाल धितोपत्र बोर्डमा अनुमति माग्दै निवेदन दिएको छ।

होटलले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका दरले १ः०.८० को अनुपातमा १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद शेयर निष्कासनका लागि बोर्डसँग अनुमति मागेको हो।

हाल यस होटलको चुक्ता पूँजी १ अर्ब ६७ करोड ४० लाख रूपैयाँ छ भने हकप्रद बाँडफाँडपछि यो बढेर ३ अर्ब १ करोड ३२ लाख रूपैयाँ पुग्नेछ।

होटलको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*