एभरेष्ट बैंकले ल्यायो ‘इबिएल भर्चुअल क्रेडिट कार्ड’

२१ जेष्ठ २०८२, बुधबार ०९:३५

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ‘इबिएल भर्चुअल क्रेडिट कार्ड’ सेवाको शुरूवात गरेको छ।

जेठ २० गतेदेखि शुरूवात गरिएको यो कार्ड मोबाइल बैंकिङ एप्लिकेसन मार्फत् प्रत्यक्ष रूपमा उपभोग गर्न सकिने एक पूर्ण डिजिटल कार्ड भएको बैंकले जनाएको छ।

बैंकका अनुसार ग्राहकहरूले न्यूनतम जारी गरिएको मापदण्ड प्रयोग गरी उक्त सेवा लिन सक्नेछन्। यसबाट न्यूनतम ५० हजारदेखि अधिकतम ५ लाख रूपैयाँसम्मको भर्चुअल क्रेडिट सीमा प्रयोग गरी फोन पे, क्यू आर स्क्यान गरेर भुक्तानी, अनलाइन ट्रान्जेक्सन तथा कार्ड व्यवस्थापन कार्यहरू गर्न सक्नेछन्।

यस सेवाअन्तर्गत ग्राहकले आफूले प्रयोग गरेको क्रेडिट सुविधा ४५ दिनसम्म उपभोग गर्न सक्नेछन्। साथै ग्राहकको चाहनाअनुसार कुल बक्यौता रकमको न्यूनतम १० प्रतिशतदेखि शतप्रतिशत भुक्तानी गर्न सक्ने लचिलो सुविधा प्रदान गरिएको बैंकले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*