सम्पदा लघुवित्तका सीईओ पौडेलले दिए राजीनामा
२१ जेष्ठ २०८२, बुधबार १०:१४

काठमाडौँ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशब कुमार पौडेलले पदबाट राजीनामा दिएका छन्। संस्थाका अनुसार पौडेलले वैशाख ११ गते सञ्चालक समितिका अध्यक्षसमक्ष राजीनामा पेश गरेका हुन् ।
उक्त राजीनामा सञ्चालक समितिको २४औं बैठकबाट स्वीकृत गरिएको छ। संस्थाले पौडेलको राजीनामा २०८२ जेठ २१ गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको जानकारी दिएको छ।












