कालिका लघुवित्तद्वारा कर्मचारी माग, एसईई पासलाई अवसर
२१ जेष्ठ २०८२, बुधबार ११:०९

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । संस्थाले एक सार्वजनिक सूचना प्रकाशित गर्दै विभिन्न पदहरुमा कर्मचारी माग गरेको हो ।
संस्थाले कनिष्ठ सहायक तेस्रो र कनिष्ठ सहायक प्रशिक्षार्थी लगायतका पदहरुमा केही संख्याले कर्मचारी माग गरेका छन् । सो पदहरुमा आवेदन दिनको लागि १० कक्षा उत्तिर्ण गरेको हुुनुपर्ने छ ।
उक्त पदहरुमा आवेदन दिन इच्छुक उम्मेद्वारले आवश्यक कागजात संकलन गरी संस्थाको वेबसाइट मार्फत आवेदन दिन सक्ने छन् ।












