प्रभु महालक्ष्मी लाइफको बीमालेख नबिकरणमा आजदेखि ७५ % सम्म छुट
२१ जेष्ठ २०८२, बुधबार १२:३५

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नविकरणमा लाग्ने बिलम्ब शुल्कमा छुट प्रदान गर्ने भएको छ । कम्पनीले आज अर्थात जेठ २१ गतेदेखि जेठ ३१ गतेसम्म उक्त छुट सुविधा लागु गर्ने जनाएको छ ।
कम्पनीले २ वर्षभित्रको व्यतित बीमालेखहरुमा ७५ प्रतिशत, २ देखि ३ वर्षअवधिसम्म व्यतित बीमालेखमा ५० प्रतिशत र ३ वर्षभन्दा बढी अवधिदेखि व्यतित बीमालेखमा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने भएको छ ।
कम्पनीले यस अवधिमा व्यतित बीमालेखहरुलाई नविकरण गरी ढुक्क रहन अनुरोध गरेको छ । कम्पनीले उल्लेख गरेका शर्तहरु समेत छुट सुविधामा लागु हुने भएका छन् ।













