१८ लाखको हात रित्तो हुने सान्भि इनर्जीको आइपीओ कहिले हुन्छ बाँडफाँट ?

२१ जेष्ठ २०८२, बुधबार १३:०३

काठमाडौँ । सान्भि इनर्जी लिमिटेडको आइपीओ अर्को साता मात्रै बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्क लिमिटेडका अनुसार आइपीओ अर्को साता मात्रै बाँडफाँट हुने भएको हो । ‘यो साता सम्भव छैन । अर्को साता मात्रै बाँडफाँट प्रक्रिया अघि बढ्छ’ मर्चेण्टले भन्यो ।

कम्पनीको आइपीओमा अन्तिमदिनसम्म २ अर्ब ५८ करोड ९० लाख ६२ हजार रुपैयाँ बराबरको आवेदन दिएका छन् । २१ लाख ८ हजार २३२ जनाले २ करोड ५८ लाख ९० हजार ६२० कित्ताको लागि आवेदन दिएका हुन् । यो सर्वसाधारणलाई खुला गरिएको सेयरलाई आधार मान्दा आवेदन १०.७१ गुणा बढी हो ।

कम्पनीले जेठ ९ देखि १३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता सेयर निष्कासन गरेको हो ।

उक्त आइपीओमा २ लाख ४१ हजार ५३० जनाले मात्रै १०।१० कित्ताका दरले शेयर हात पार्नेछन् । जसमा १८ लाख ६६ हजारको हात रित्तो हुनेछ ।

केयर रेटिङ्स नेपालले सान्भि इनर्जीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*