राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारीमा किरण पण्डित
२१ जेष्ठ २०८२, बुधबार १५:२६

काठमाडौँ । नेपाल राष्ट्र बैंकले किरण पण्डितलाई नयाँ प्रवक्ता तोकेको छ। राष्ट्र बैंकका कार्यकारी निर्देशक पण्डितको नियुक्ति जेठ २१ गतेदेखि लागू हुने छ।
विसं २०६२ सालमा राष्ट्र बैंकमा प्रवेश गरेका किरण पण्डितले बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायतका महत्वपूर्ण विभागमा अनुभव हासिल गरिसकेका छन्। हालसम्म उनी भुक्तानी प्रणाली विभागमा कार्यरत थिए।
उनको नियुक्तिपछि राष्ट्र बैंकको सूचना प्रवाह अझ प्रभावकारी र छरितो हुने अपेक्षा गरिएको छ।












