प्रतिनिधि सभा बैठक स्थगित, बिहीबार दिउँसो १ बजे बस्ने
२१ जेष्ठ २०८२, बुधबार १५:४७

काठमाडौं । प्रतिनिधि सभा बैठक बिहीबार दिउँसो १ बजे बस्ने गरी सरेको छ । बैठकको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले शीर्ष दलहरुका प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए । तर,छलफल निष्कर्षविहीन भएको थियो ।
पछिल्ला समय प्रतिपक्ष दलहरुरले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद् अवरुद्ध गर्दै आएका छन् ।














