ट्रेड टावरको आइपीओमा १८ लाख ४० हजारको हात रित्तो हुने
२१ जेष्ठ २०८२, बुधबार १६:२९

काठमाडौँ । ट्रेड टावर लिमिटेडको आइपीओमा १८ लाख ४० हजारभन्दा बढीको हात रित्तो हुने भएको छ । कम्पनीको आइपीओमा कुल २ अर्ब ५७ करोड ७९ लाख ७९ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार २१ लाख ६९ हजार ८९१ जनाले २ करोड ५७ लाख ७९ हजार ७९० कित्ताका लागि आवेदन दिएका हुन् ।
कम्पनीले जेठ १४ गतेदेखि २० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३२ लाख ९६ हजार ५०५ कित्ता शेयर बिक्रीमा ल्याएको थियो । मागको आधारमा हेर्दा आवेदन ७.८२ गुणा बढी परेको देखिएको छ ।
जसमा ३ लाख २९ हजार ६५० जनाले १०।१० कित्ताका दरले शेयर पाउनेछन् । बाँकी १८ लाख ४० हजारको हात रित्तो हुने भएको छ ।













