प्रतिकित्ता २८० रूपैयाँमा मेरो माइक्रोफाइनान्सको शेयर बिक्रीमा

२२ जेष्ठ २०८२, बिहीबार ०६:२९

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ९ हजार ७८४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

कम्पनीले उक्त शेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम २८० रूपैयाँ निर्धारण गरेको छ। हाल यस शेयर कम्पनीका संस्थापक व्यक्ति वा संस्थाले मात्रै खरीद गर्न सक्नेछन्।

शेयर किन्न इच्छुक शेयरधनीले आवश्यक कागजात सहित अबको ३५ दिनभित्र काठमाडौंको ज्ञानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*