नबिल बैंकको सीईओमा मनोज कुमार ज्ञवाली नियुक्त

२२ जेष्ठ २०८२, बिहीबार ११:२७

काठमाडौं । नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज कुमार ज्ञवाली नियुक्त भएका छन्।

बैंकको जेठ २२ गते बसेको सञ्चालक समितिको बैठकले कामु सीईओ ज्ञवालीलाई नै आगामी ४ वर्षे कार्यकाल तोकेर सीईओ पदमा नियुक्त गरेको हो। उनलाई जेठ २२ गतेदेखि नै लागू हुने गरी सीईओ नियुक्त गरिएको कम्पनी सचिव भीष्म नेउपानेले जानकारी दिएका छन्।

ज्ञवालीले २०७७ जेठमा ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट राजिनामा दिएर नबिल बैंकमा नायब महाप्रबन्धकको रूपमा प्रवेश गरेका थिए। त्यसपछि महाप्रबन्धक, डिसिओ (डिपुटी सीईओ) र सिनियर डिसिओ हुँदै सीइओ नियुक्त भएका हुन् ।

चार्टर्ड एकाउण्टेण्ट समेत रहेका ज्ञवालीले बैंकिङ्ग क्षेत्रमा राम्रो अनुभव सम्हालेका छन् ।

1749099903014

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*