तीन हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट
२२ जेष्ठ २०८२, बिहीबार १५:१२

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले घटेको छ । आज विभिन्न इन्डेक्सका ९४ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ ।
बिहीबार रिभर फल्स पावर, बुटवल पावर कम्पनी, पियोर इनर्जीको र बरुण हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, आज सप्तकोशी डेभलपमेन्ट बैंक, राधि विद्युत कम्पनी, सुपरमादी हाइड्रोपावर, युनिभर्सल कम्पनी लगायतको शेयरमूल्यमा हरियाली छाएको छ ।













