सरकारको अबौंको पुँजी डुबाउने खेल भएको भन्दै नयाँ स्टक एक्सचेञ्जविरुद्ध लाइसेन्स उजुरी

काठमाडौं । नयाँ स्टक एक्सचेञ्ज विरुद्ध अख्तियारमा उजुरी परेको छ। आज बोर्डले नयाँ स्टक एक्सचेञ्ज लाइसेन्स दिने निर्णय गर्न बसीरहेको छ।
उता अख्तियारमा भने सरकारको पुँजी डुबाउने खेल भएको भन्दै नयाँ स्टक एक्सचेञ्ज विरुद्ध लाइसेन्स उजुरी परेको छ । आजको बैठकलाई बस्ने र सरकारी कार्यालय समय अघि मात्रै उक्त उजुरी परेको हो ।
राज्यलाई २७ अर्ब नोक्सानी पारेर नयाँ स्टकलाई लाइसेन्स दिन लागिएको भन्दै अख्तियारमा उजुरी परेको हो ।
लाइसेन्स दिनका लागि अध्यक्ष सन्तोषनारायण श्रेष्ठ, अर्थमन्त्रालय र कानुन मन्त्रालयको प्रतिनिधीका रुपमा बोर्ड सञ्चालक समितिमा रहेका सहसचिवद्धय महेश बराल र विनोद कुमार भट्टराई पनि प्रयोग भएको उजुरीमा उल्लेख छ।
यसबाहेक नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा बोर्ड सञ्चालक समितिका सदस्य रेवती नेपालको पनि भूमिका शंकास्पद देखिएको उजुरीमा उल्लेख गरिएको छ ।
हाल सञ्चालनमा रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अर्थमन्त्रालयको ५८.६६ प्रतिशत लगानी छ र मन्त्रालयले हरेक बर्ष करोडौँ प्रतिफल प्राप्त गरिरहेको छ ।
‘आफ्नै संस्थाको हित प्रतिकुल हुने गरि नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने अभियानमा लागेको उजुरीमा उल्लेख गरिएको छ।
अख्तियारको दुरुपयोग मात्रै गरेका छैनन्, राज्य कोषलाई अर्बी नोक्सानी पराइएका रहेका छन्,’ अख्तियारमा दर्ता उजुरीमा भनिएको छ ।
मन्त्रिपरिषद्ले कार्यान्वयन गर्न भनि बोर्डमा पठाएको प्रतिवेदनलाई कसरी कार्यन्वयन गर्ने भन्ने सन्दर्भमा कार्ययोजना सहितको सुझावमा आज छलफल भइरहेको छ ।












