प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किममा आजदेखि आवेदन दिन सकिने

२३ जेष्ठ २०८२, शुक्रबार ०६:४६

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले सामूहिक लगानी कोषअन्तर्गत आजदेखि ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किम’ सार्वजनिक निष्काशनमा ल्याएको छ।

यो म्युचुअल फण्ड खुलामुखी प्रकृतिको स्किम हो र यस स्किममा प्रति इकाई १० रुपैयाँ अंकित दरमा कुल २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको छ।

कुल ४ करोड इकाईमध्ये ३०–३० लाख इकाई प्रभु बैंक र प्रभु क्यापिटललाई सुरक्षित गरिएको छ। बाँकी २ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

स्किममा लगानी गर्न चाहनेहरूले जेठ २७ गतेसम्म आवेदन दिन सक्नेछन्। यदि सो अवधिमा सबै इकाई बिक्री नभएमा आवेदन दिने समय असार ६ गतेसम्म लम्बिने छ।

यस स्किमको निष्काशन तथा बिक्री प्रबन्धक स्वयं प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाहरूबाट वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो शेयर’ प्रणाली प्रयोग गरी अनलाइनबाट पनि आवेदन दिन सक्नेछन्।

कोष प्रबर्धक प्रभु बैंकलाई क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले ‘इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस’ र योजना व्यवस्थापक प्रभु क्यापिटललाई केयर रेटिङ्ग नेपालले ‘केयर एनपी एएमसी क्वालिटि ३ प्लस’ रेटिङ्ग प्रदान गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*