चैतसम्मको दाबी भुक्तानी लिन प्रभु इन्स्योरेन्सको आग्रह

२३ जेष्ठ २०८२, शुक्रबार ०९:१४

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले गत चैत मसान्तसम्म परेका दाबीको प्रक्रिया पुर्याएर भुक्तानी लिन बीमितलाई आग्रह गरेको छ।

कम्पनीले एक ३५ दिने सूचना जारी गरेर उक्त अवधिसम्मको दाबीमा आवश्यक प्रक्रिया पूरा गरी भुक्तानी लिन भनेको हो।

यसका लागि कम्पनीको आफूलाई पायक पर्ने शाखा, उपशाखा वा केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सकिने जनाएको छ।

अबको ३५ दिनभित्र बीमितले दाबी प्रक्रिया अघि नबढाएको खण्डमा त्यस्तो बीमितको दाबी फाइल बन्द गरिने कम्पनीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*