दिव्यश्वरी हाइड्रोपावरको साधारणसभा स्थगित, यस्तो छ कारण

२३ जेष्ठ २०८२, शुक्रबार १०:३१

काठमाडौं । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले जेठ २२ गते बोलाएको अघिल्ला दुई आर्थिक वर्षको साधारणसभा स्थगित भएको छ।

कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासनलाई मुख्य एजेण्डा बनाएर मैतीदेवी सेतोपुलस्थित अन्नपूर्ण पार्टी भेन्यूमा सभा बोलाएको थियो।

कम्पनीले सभाको सबै तयारी सकेर शुरू गर्ने क्रममा कम्पनी ऐन बमोजिम साधारणसभा शुरू गर्न न्यूनतम आवश्यक शेयरधनी उपस्थित नभएपछि सभा चल्न नसकेको जनाएको छ।

सभामा आवश्यक संख्यामा शेयरधनीनै उपस्थित नभएपछि गणपूरक संख्या नपुगेको भन्दै कम्पनीले अर्काे सूचना प्रकाशित नभएसम्मका लागि सभा स्थगित गरेको छ।

सभा प्रयोजनार्थ कम्पनीले गत जेठ ८ गते बुक क्लोज गरिसकेको छ। कम्पनीले फेरि सञ्चालक समितिको बैठक बसेर नयाँ मितिमा सभा बोलाउने जनाएको छ।

कम्पनीले शेयरधनीहरूलाई लाभांश वितरणको कुनै प्रस्ताव गरेको छैन।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*