प्रभु महालक्ष्मी लाइफद्वारा विभिन्न स्थानमा शाखा प्रमुख माग (सूचनासहित)

२३ जेष्ठ २०८२, शुक्रबार १२:०९

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले देशका विभिन्न स्थानहरुमा शाखा प्रमुख पदमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै पोखरा, धरान, लेखनाथ, कुस्मा, ओखलढुङ्गा र जुम्ला लगायतका शाखा कार्यालयमा शाखा प्रमुख पदमा कर्मचारी माग गरेको हो ।

उक्त पदहरुमा आवेदन दिनको लागि न्युनतम स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने र वित्तीय क्षेत्रमा काम गरेको अनुभवि उम्मेद्वारलाई बढी प्राथमिकता दिने कम्पनीले जनाएको छ । सो पदहरुमा जेठ ३१ गतेसम्म आवेदन दिन सक्नेछन् ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आवश्यक कागजात संकलन गरी कम्पनीको वेबसाइट https://pmlil.com/ मार्फत आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*