लक्ष्मी सनराइज बैंकका कार्ड सेवाहरू अस्थायी रूपमा बन्द हुने

२३ जेष्ठ २०८२, शुक्रबार १५:२२

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई कार्डसम्बन्धी सेवा अस्थायी रूपमा बन्द हुने जानकारी दिएको छ। बैंकले आफ्नो कार्ड सेवा प्रणालीमा आवश्यक अद्यावधिकका लागि सेवा अस्थायी रूपमा बन्द हुने जनाएको हो ।

बैंकका अनुसार  जेठ २४ गते बिहान ६:०० बजेदेखि ७:४५ बजेसम्म कार्डसँग सम्बन्धित विभिन्न सेवा  Remote, Visa ACS Service, ATM, POS, e-Commerce, On-Us तथा Off-Us On-Us – सबै सेवा अस्थायी रूपमा बन्द रहनेछन्।

बैंकले यो समय अवधिमा ग्राहकहरूले ती सेवाहरू प्रयोग गर्न नपाउने हुँदा असुविधा हुन सक्ने जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*