अखिल क्रान्तिकारी डडेल्धुराको जिल्ला इन्चार्जमा अनिल बोहरा

२४ जेष्ठ २०८२, शनिबार ००:११

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) डडेल्धुरा जिल्ला समितिको नेतृत्वमा अनिल बोहराको चयन गरिएको छ। केद्रिन्य समिटिले बोहरालाई जिल्लाको इन्चार्जको जिम्मेवारी दिएको हो।

जिल्लाभरिका विभिन्न शिक्षण संस्थाबाट प्रतिनिधित्व गर्दै सहभागी भएका विद्यार्थी नेताहरूको सर्वसम्मत निर्णयअनुसार बोहरा नयाँ कार्यसमितिको नेतृत्व गर्न छनोट भएका हुन्। संगठनले विद्यार्थी अधिकार, गुणस्तरीय शिक्षाको सुनिश्चितता र जनमुखी शैक्षिक नीति निर्माणमा दबाब सिर्जना गर्ने रणनीतिसहित नयाँ नेतृत्व गठन गरेको जनाएको छ।

जिम्मेवारी सम्हालेपछि अनिल बोहराले विद्यार्थीको हकहितका लागि सशक्त रूपमा आवाज उठाउने प्रतिबद्धता जनाएका छन्। उनले भने, ‘शैक्षिक सुधार र सम्पूर्ण विद्यार्थीलाई समेट्ने अभियान अखिल (क्रान्तिकारी) को लक्ष्य हुनेछ।’

डडेल्धुरा जिल्लामा संगठनको सशक्त उपस्थिति निर्माण गर्दै अघि बढ्नका लागि नयाँ नेतृत्वले विभिन्न शैक्षिक संस्थामा संगठन विस्तार, विचार परिचालन र आन्दोलनात्मक कार्यक्रमको तयारी गरिरहेको जनाइएको छ।

संगठनका केन्द्रीय प्रतिनिधिहरूले पनि अनिल बोहरालाई बधाई दिँदै डडेल्धुरालाई एक क्रान्तिकारी विद्यार्थी आन्दोलनको मोडल जिल्ला बनाउने अपेक्षा व्यक्त गरेका छन् ।

स्नातक तह चौथो वर्ष पुरा गरेका बोहरा निकै प्रभावशाली र सक्षम नेतृत्वकर्ताको रुपमा परिचित छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*