कुमारी बैंकको ३१ हजार कित्ता शेयर बिक्रीमा

२५ जेष्ठ २०८२, आईतवार ०६:३२

काठमाडौं । कुमारी बैंक लिमिटेडले ३१ हजार ९२८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

बैंकले हाल उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो।

सो शेयर किन्न इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजात सहित अबको ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ।

उक्त अवधिभित्र संस्थापकबाट आवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*