रिलायबल नेपाल लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
२५ जेष्ठ २०८२, आईतवार ०७:०४

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज जेठ २५ गते अन्तिम दिन रहेको छ।
आठौं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोलि जेठ २६ गते बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।
कम्पनीले हाल कायम चुक्ता पूँजी ४ अर्ब ६४ करोड रूपैयाँको १२ प्रतिशत बोनस शेयर र ०.६३ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांश पारितका लागि आउँदो असार २ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांकेटमा बिहान ११ बजेदेखि शुरू हुने गरी साधारणसभा बोलाएको छ।













