मूलाको भाउ आकासियो, अन्य फलफूल र तरकारीको कति?

२५ जेष्ठ २०८२, आईतवार ०८:३५

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ।

जसअनुसार आज एकैदिन लोकल सेतो मूलाको भाउ करीब ८० प्रतिशत र हाइब्रीड सेतो मूलाको भाउ ५९ प्रतिशतले बढेर क्रमशः ३१.७५ र ३५.५० रूपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ।

गान्टे मूलाको भाउ पनि किलोमा साढे २८ प्रतिशतले बढेर ४५ रूपैयाँ पुग्दा धनियाँको भाउ भने करीब त्यति नै प्रतिशतले घटेर प्रतिकिलो ३२ रूपैयाँमा झरेको छ। यता कन्य च्याउको भाउ एकैदिन १६ प्रतिशतले बढेर प्रतिकिलो औसत मूल्य २०८ रूपैयाँ पुगेको छ।

हिजो र आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*