समाज र ग्रामीण विकास लघुवित्तको मर्जरलाई राष्ट्र बैंकको सैधान्तिक सहमति
२५ जेष्ठ २०८२, आईतवार ११:०४

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको मर्जरलाई नेपाल राष्ट्र बैंकले सैधान्तिक सहमति दिएको छ।
केन्द्रीय बैंकले जेठ २२ गते दुईवटै कम्पनीलाई एक आपसमा गाभिन (मर्ज) का लागि संधान्तिक सहमति दिएको हो। दुवै लघुवित्तले गत फागुन १७ गते मर्जर सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए।
समाज लघुवित्तको केन्द्रीय कार्यालय सर्लाहीमा छ भने ग्रामीण विकास लघुवित्तको बुटवलमा रहेको छ।












