प्रभु बैंकका ग्राहक र कर्मचारीलाई जिरीको यार्शा होटलमा छूट

२५ जेष्ठ २०८२, आईतवार १२:१५

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक र कर्मचारीले जिरी नगरमा रहेको यार्शा होटलमा विशेष छूट पाउने भएका छन्।

बैंक र उक्त होटलबीच भएको सम्झौताअनुसार प्रभु बैंकमा कार्यरत कर्मचारी र खाता भएका ग्राहकलाई होटलको कोठामा १५ प्रतिशत र खाना तथा पेय पदार्थमा ५ प्रतिशत छूट दिइनेछ।

जिरी स्वच्छ हावा, शीतल मौसम र प्राकृतिक सौन्दर्यका लागि प्रसिद्घ छ।

यो स्थान पदयात्राका लागि, पारिवारिक घुमघामका लागि र शान्त वातावरण तथा रोमाञ्च खोज्ने जोकोहीका लागि उपयुक्त गन्तव्य भएको बैंकले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*