विश्व वातावरण दिवसको दिन सिटिजन्स बैंकद्वारा वृक्षारोपण

२५ जेष्ठ २०८२, आईतवार १२:२८

काठमाडौं । सिटिजन्स बैंकले विश्व वातावरण दिवसको अवसरमा जेठ २५ गते शनिबार विराटनगरमा वृक्षारोपण गरेको छ।

‘बिट प्लास्टिक पोलुसन’ भन्ने मुल नारका साथ बढ्दो जलवायु परिवर्तनको न्यूनीकरणका लागि रूख तथा बोटविरुवा जर्गेना तथा प्रबद्र्धन गर्ने उद्देश्यले बैंकले उक्त कार्यक्रम गरेको हो।

बैंकले वृक्षारोपण कार्यक्रम अन्तर्गत विश्वकर्मा चोक वडा नम्बर ८ मा करीब १०० भन्दा बढी विभिन्न प्रजातिका बोटविरुवा रोपण गरिएको बैंकले जानकारी दिएको छ।

बैंकले यसअघि पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्तै प्रकारका विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको थियो। आगामी दिनहरूमा पनि यस्ता कार्यलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ।

यस बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० शाखा, १६८ एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ९८ हजार भन्दा बढीलाई बैंकिङ्ग सुविधा दिंदै आइरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*