हिमालयन बैंकको न्यूरोड शाखा स्थानान्तरण

२५ जेष्ठ २०८२, आईतवार १२:३७

काठमाडौं । हिमालयन बैंक लिमिटेडले न्यूरोड शाखालाई ठमेलमा स्थानान्तरण गरेको छ।

बैंकले नजिकै भएका शाखामध्ये न्यूरोड शाखालाई ठमेलस्थित संचय कोषको भवनमा स्थानान्तरण गरेको हो। बैंकले आजदेखि ठमेल शाखाको नामबाट सम्पूर्ण कारोबार थालिएको जनाएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले अन्य उच्चपदस्थ कर्मचारी तथा अतिथिहरूको उपस्थितिमा नयाँ शाखाबाट कार्य सञ्चालनको आरम्भ गरेका हुन्।

हाल यस बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालय, २० विस्तारित काउन्टर, २८६ एटीएम, ८ हजारभन्दा बढी पोस टर्मिनल्स र १५ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट बंैकिङ्क सेवा प्रदान गर्दै आइरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*