टेलिकमकी प्रबन्ध निर्देशक संगिता पाहाडी विरुद्द भ्रष्टाचार मुद्दा दायर, ३३ करोड ४७ लाख बिगो मादाबी

२५ जेष्ठ २०८२, आईतवार १४:२२

काठमाडौं । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीलगायतलाई भ्रष्टाचार मुद्दा दायर गरिएको छ । टेलिकमको बिलिङ ठेक्कासम्बन्धी प्रकरणमा अख्तियारले विशेष अदालतमा उनीहरूमाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगले आइतबार प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध ३३ करोड ४७ लाख रुपैयाँ मागदाबीसहित मुद्दाको फाइल विशेष अदालतमा पुर्‍याएको छ । नेपाल टेलिकमको विलिङ्ग प्रणाली खरिदमा भ्रष्टाचारको आरोप, पूर्व प्रबन्ध निर्देशक पौडेल समेतको संलग्नता उजागर

काठमाडौं– ख्तियारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड ९नेपाल टेलिकम० को बिलिङ प्रणाली अपग्रेड गर्ने प्रक्रियामा गम्भीर अनियमितता र मिलेमतो भएको निष्कर्ष निकालेको छ ।

उक्त बिलिङ प्रणाली अपग्रेड गर्ने प्रक्रियामा भएको गम्भीर अनियमिततामा पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेलसमेतको संलग्नता रहेको उजुरीका आधारमा अनुसन्धान गर्दा ठूलो मात्रामा भ्रष्टाचार भएको अख्तियारले जनाएको छ।

२०७८ माघ ६ मा नेपाल टेलिकम र चिनियाँ कम्पनी एसियाइन्फो लिङ्केज टेक्नोलोजिज् इन्कबीच भएको सम्झौताअनुसार कन्भर्जेन रियल टाइम बिलिङ तथा ग्राहक सेवा प्रणाली खरिद गरिएको थियो। यो प्रणालीमार्फत जीएसएम मोबाइल, फाइबर, इन्टरनेट, लिज्ड लाइन, तथा ब्रोडब्यान्ड सेवा लगायतका बिलिङ प्रणालीलाई एउटै डिजिटल प्लेटफर्ममा एकीकृत गर्दै रियल(टाइम शुल्क गणना तथा अपडेट गर्ने उद्देश्य राखिएको थियो ।

तर, सम्झौतामा स्पष्टरूपमा वार्षिक मर्मतसम्भार सेवा ९एएमसी० को शुल्क ५ प्रतिशत घट्दो दरमा निर्धारण गर्नुपर्ने उल्लेख हुँदाहुँदै पनि पूर्वनिर्धारित मूल्यभन्दा अस्वाभाविक बढीमा वार्षिक मर्मतसम्भार सेवा खरिद गरिएको आरोप अख्तियारले लगाएको छ । एसियाइन्फोसँग सँग २ करोड ५ लाख ६३ हजार डरलमा वार्षिक सेवा सम्झौता गरिएको थियो ।

अख्तियारको अनुसन्धान अनुसार यो सम्झौता कम्पनीको आन्तरिक नीति, मूल सम्झौताका धाराहरू र सार्वजनिक संस्थालाई हुने नोक्सानीको अनुमानित मूल्यप्रतिकूल देखिएको छ।

यो प्रकरणमा अख्तियारले औपचारिक रुपमा विशेष अदालतमा अभियोग दर्ता गराएको हो । पूर्वप्रबन्ध निर्देशक पौडेल यसअघि अनेकौँ भ्रष्टाचारकाण्डमा मुछिइसकेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*