पुँजी बजारको ओरालो यात्रा कायमै, हाइड्रोबाहेक सम्पूर्ण इन्डेक्स राताम्मे

२५ जेष्ठ २०८२, आईतवार १५:०६

काठमाडौं । शेयर बजार आज निरन्तर चौथो दिन समेत ओरालो लागेको छ । बजार घट्दा लगानीकर्ता निराश हुन पुगेका हुन् । शेयर बजारमा पछिल्लो समय आशा जगाउने नीतिगत सुधारहरू आए पनि कारोबार रकम र सूचकमा सुधार देखिएको छैन ।

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्सें) ८.५६ अकंले घटेर २६३२.४० बिन्दुमा कायम भएको छ । आज ३१३ कम्पनीको एक करोड ९९ लाख ९२ हजार कित्ता शेयर किनबेच हुँदा नौ अर्ब १३ करोड ७४ लाख रुपैयाँको कारोबार भएको छ ।

केन्द्रीय बैंकले शेयर धितो कर्जामा जोखिमभार घटाउनु, ब्याजदरमा गिरावट र बैंकिङ प्रणालीमा तरलता वृद्धि जस्ता सकारात्मक पक्ष हुँदाहुँदै पनि बजार सुस्त गतिमा चलिरहेको छ ।

जानकारहरूका अनुसार बजारमा देखिएको सुस्तताको प्रमुख कारण ठूला र संस्थागत लगानीकर्ताको प्रतिक्षा रणनीति हो जसका कारण साना लगानीकर्ताको प्रयासले बजारमा ठूला उथलपुथल आउन सकेको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*