सानिमा रिलायन्स लाइफको बोनश शेयर सूचीकृत
२५ जेष्ठ २०८२, आईतवार १५:४६

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको बोनश शेयर सूचीकृत भएको छ ।
आइतबार कम्पनीको १.२४८९ प्रतिशत बोनश शेयर बराकरको ६ लाख १८ हजार ५८८ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । उक्त शेयर भोलि अर्थात सोमबारदेखि दोस्रो बजारमा कारोबारमा आउने प्रावधान छ ।












