जीवन बीमकको नविकरण शुल्क एक खर्ब नौ अर्ब, राष्ट्रिय जीवन बीमा र रिलायबल सर्वाधिक बृद्धि (सूचीसहित)

२५ जेष्ठ २०८२, आईतवार १८:०३

काठमाडौं । चालु आर्थिक वर्ष २०८१–०८२ को बैशाख मसान्तसम्मको अवधिमा जीवन बीमा कम्पनीहरुले एक खर्ब नौ अर्ब ४३ करोड १४ लाख रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीले चालु चालु आवको १० महिनाको अवधिमा उक्त रकम आर्जन गरेका हुन् ।

कम्पनीहरुले आर्जन गरेको नविकरण बीमा शुल्क गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १२.६७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा जीवन बीमा कम्पनीहरुले ९७ अर्ब १२ करोड ५८ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका थिए ।

समीक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी नविकरण बीमा शुल्क आर्जन गरेको छ भने बृद्धिदरमा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ ।

सर्वाधिक नविकरण बीमा शुल्क संकलन गर्नेमा नेपाल लाइफ अग्र स्थानमा रहेको छ । कम्पनीले १० महिनाको अवधिमा २९ अर्ब ४७ करोड २२ लाख रुपैयाँ नविकरण शुल्क आर्जन गरेका छन् । उक्त रकम गत आवको तुलनामा नौ दशमलव ३२ प्रतिशतले बढी रहेको छ ।

त्यस्तै, एलआईसी नेपाल लाइफको नविकरण बीमा शुल्क आर्जन ७.२८ प्रतिशतले बढेर १३ अर्ब ४३ करोड रुपैयाँ पुग्दा नेशनल लाइफको २१.७२ प्रतिशतले बढेर १२ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । यता, हिमालयन लाइफको ०.३५ प्रतिशतले बढेर ११ अर्ब ७३ करोड रुपैयाँ नविकरण बीमाशूल्क रहेको छ ।

बैशाख मसान्तसम्मको अवधिमा सरकारी स्वामित्व रहेको राष्ट्रिय जीवन बीमा कम्पनीको नविकरण बीमा शूल्क आर्जन ४३.९२ प्रतिशतले सर्वाधिक बृद्धि भएको छ । कम्पनीको बीमाशुल्क आर्जन सात अर्ब ६१ करोड रुपैयाँ रहेको छ ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नबिकरण बीमा शुल्क आर्जन छ अर्ब २५ करोड रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सको पाँच अर्ब ४७ करोड रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सको तीन अर्ब ९६ करोड रुपैयाँ, मेट लाइफ इन्स्योरेन्सको तीन अर्ब ८७ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको तीन अर्ब ८० करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा आइएमई लाइफ इन्स्योरेन्सको दुई अर्ब ९० करोड ८७ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको दुई ८८ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको दुई अर्ब ७८ करोड रुपैयाँ र सन नेपाल लाइफ इन्स्योरेन्सको दुई अर्ब २० करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*