अप्पर सोलुको लकइन अवधि असार २९ गते सकिने
२६ जेष्ठ २०८२, सोमबार ०७:३०

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको १ करोड १५ लाख ८१ हजार ६५० कित्ता शेयरको लकइन अवधि आउँदो असार २९ गते सकिने भएको छ।
हाल यस कम्पनीको संस्थापक शेयरधनीको १ करोड १ लाख ९२ हजार ५०० कित्ता, कम्पनीका कर्मचारीको ३९ हजार १५० कित्ता र आयोजना प्रभावित स्थानीय बासिन्दाको १३ लाख ५० हजार कित्ता शेयर लकइनमा रहेको छ।
लकइन अवधि सकिएसँगै उक्त शेयरहरू कारोबार गर्न सकिनेछ। यद्यपि कम्पनीको सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहमा रहेको कर्मचारीको हकमा भने नियमानुसार शेयर रोक्का रहनेछ।













