सूर्यज्योति लाइफको व्यतित बीमालेख रिन्यू गर्दा छुट
२६ जेष्ठ २०८२, सोमबार १२:२९

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमलेख नवीकरण (रिन्यू) गर्दा लाग्ने विलम्ब शुल्कमा छुट दिने निर्णय गरेको छ।
कम्पनीले व्यतित मितिबाट ५ वर्ष ननाघेको बीमालेख रिन्यू गर्दा ५० प्रतिशत र ५ वर्ष नाघिसकेको बीमालेख रिन्यू गर्दा ३५ प्रतिशत छुट दिने निर्णय गरेको हो।
यो छुट अवधि जेठ ३१ गतेसम्म लागू रहने कम्पनीले जानकारी दिएको छ।
साथै यस्तो सुविधा बीमालेख अवधिभर एक पटक मात्र प्रदान गरिने, वि.स २०८३ जेठ १८ गतेसम्म परिपक्व हुने बीमालेखमा लागू नहुने र छुट सुविधाबाट रिन्यू गरिएका बीमालेख १ वर्षभित्र सरेण्डर भएमा छुट रकम काटिने कम्पनीले जनाएको छ।













