लस एन्जलसमा राष्ट्रिय सुरक्षागार्डका गाडीहरुमा आगजनी, अर्बौको बीमा दावी पर्ने आंकलन

२६ जेष्ठ २०८२, सोमबार १४:५१

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षागार्डलाई आवश्यकताभन्दा बढी तैनाथपछि आइतबार लस एन्जलसमा हजारौं प्रदर्शनकारीले सडकमा उत्रिएर विरोध जनाएका छन् । प्रदर्शनकारीहरुले लस एन्जलसको प्रमुख सडक फ्रीवे समेत अवरुद्ध गर्ने गरी प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरुले आइतबार कैयौं कारहरू अनि टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले राष्ट्रिय सुरक्षागार्डका कैयौं कारहरु जलाएर नष्ट गरेका छन् । उनीहरूले स्वचालित गाडीहरूमा आगो लगाउँदा सुरक्षाकर्मीहरूले अश्रुग्याँस र रबरको गोली प्रहार गरेका थिए । भिड नियन्त्रण गर्ने विस्फोटक प्रयोग गरेपछि साँझतिर धेरैजसो प्रदर्शनकारी तितरबितर भए ।

तर केही प्रदर्शनकारीहरूले सडकमा बनाइएको अवरोध पछाडि बसेर प्रहरीमाथि ढुंगा, कङ्क्रिटका टुक्रा र आतसबाजी प्रहार गरिरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । क्यालिफोर्निया हाइवे गस्तीका अधिकृतहरूमाथि समेत आक्रमण भएपछि उनीहरु ओभरपासको तल भागमा ओत लाग्न बाध्य भएका थिए ।

प्रहरीले आइतबार प्रदर्शन गर्ने दर्जनौँलाई पक्राउ गरेको छ । ट्रम्पले प्रदर्शनकारीहरूलाई ‘हिंस्रक, विद्रोही जत्था’ भनेका छन्। तर गभर्नर न्यूसमले राष्ट्रपतिले तनाव भड्काएको आरोप लगाउँदै आफ्नो राज्यको सार्वभौमिकतामाथि दखल दिएको भनेका छन्।

आइतबार अमेरिकाको लस एन्जलसमा भएको प्रदर्शनमा राष्ट्रिय सुरक्षागार्डहरुको कैयौँ गाडीहरु जलेर नष्ट भएका छन् । सरकारी सवारी साधन जलेसँगै अमेरिकाका कैयौं बीमा कम्पनीहरुमा अर्बौ रुपैयाँको बीमा दावी पर्ने आंकलन गरीएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*