शेयर बजारमा हरियाली, २७ अंकले बढ्दा साढे आठ अर्बबढीको कारोबार

२६ जेष्ठ २०८२, सोमबार १५:०६

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २७.२९ अंकले बढेर २६५७.१९ को बिन्दुमा कायम भएको छ ।

आज विभिन्न इन्डेक्सका ३२४ वटा कम्पनीको एक करोड ७५ लाख कित्ता शेयर खरिद–बिक्री हुदाँ आठ अर्ब ६८ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोमबार कारोबार भएका १९१ कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ भने ५६ वटा कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ ।

सोमबार होटल्स एण्ड टुरिज्म र लाइफ इन्स्योरेन्स सव–इन्डेक्स बाहेक सबैमा हरियाली छाएको छ । समग्रमा आज शेयर बजारमा धेरैपछि हरियाली छाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*