आयकर ऐनको मर्म नबिगार्न चार्टर्ड एकाउन्टेन्टहरूले सुझाव

२६ जेष्ठ २०८२, सोमबार १८:०३

काठमाडौं।  सरकारलाई राजस्व संकलन बढाउने दबाबमा आयकर ऐनको मर्म नबिगार्न चार्टर्ड एकाउन्टेन्टहरूले सुझाव दिएका छन् ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ ९एक्यान० ले आर्थिक विधेयक २०८२ उपरको छलफलमा सहभागी सरोकारवालाले यस्तो बताएका हुन ।

उनीहरूले आयकर ऐनको भावना विपरीत कर संकलन बढाउने नाममा सरकारले आफू अनुकूल व्याख्या गरेर कर उठाउँदा आर्थिक गतिविधिमा बाधा पुग्न सक्ने तर्क राखेका छन् ।

साथै, एकै प्रकृतिका छुटले कर अनुशासनमा बाधा पुग्न सक्ने र करदातालाई अन्याय हुन सक्ने सरोकारवालाको भनाइ छ ।

सरकाले राजस्व संकलन बढाउने नाममा आयकर ऐन बदनाम गरेको चार्टर्ड एकाउन्टेन्ट सुदर्शनराज पाण्डेले बताए । धेरै अध्ययन तथा अनुसन्धान गरेर ल्याइएको आयकर ऐन राजस्व संकलन दबाबले बदनाम भइरहेको बताए ।

उनले आयकर ऐनका कतिपय व्यवस्था समय सापेक्ष बनाउने स्पष्ट व्याख्यासहित पुनर्लेखन गर्नुपर्ने बताए ।

एक्यान अध्यक्ष अरुण राउत, सीए उमेशराज पाण्डे, सीए इशा श्रेष्ठ र कर जानकार तथा अधिवक्ता अनुप उप्रेतीले कर छुटको उद्देश्य र लक्षित समूह स्पष्ट हुनुपर्नेमा जोड दिए ।

एक्यानले सरकारका हरेक आर्थिक विधेयकपछि कर कानुनका प्रयोग तथा सहजीकरण विषयमा छलफल गर्ने गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*