सगरमाथा जलविद्युतले हकप्रद निष्कासनका लागि बोर्डमा दियो निवेदन

२७ जेष्ठ २०८२, मंगलवार ०७:३९

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब १७ करोड ३२ लाख रुपैयाँको आधारमा सोही बराबरको हकप्रद शेयर निष्कासनका लागि जेठ २२ गते बोर्डमा निवेदन दिएको हो।

कम्पनीले १ बराबर १ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले १ करोड १७ लाख ३२ हजार कित्ता हकप्रद शेयर निष्कासनका लागि अनुमति मागेको हो।

कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*