६० रुपैयाँमा झर्यो मालदह आँपको भाउ

२७ जेष्ठ २०८२, मंगलवार ०८:१३

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ।

जसअनुसार आज मालदह आँप सामान्य घटेर ६० रुपैयाँ प्रतिकिलो र दसहरी आँप ६८ रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ।

यता गोलभेँडाको भाउ भने आकासिने क्रम आज पनि जारी छ। अघिल्लो दिन पनि उच्च अंकले बढेको लोकल गोलभेँडाको भाउ आज पनि बढेर ७८ रुपैयाँ प्रतिकिलो औसत मूल्य पुगेको छ।

यता नेपाली ठूलो गोलभेँडाको भाउ भने १०५ रुपैयाँ नाघिसकेको छ। त्यस्तै आज हरियो फर्सी, काँक्रो, ब्रोकाउली, चिचिण्डो, लौका, भन्टा लगायतको भाउ पनि बढेको छ।

हिजो र आजको मूल्यसूचीः

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*