सुनको मूल्य घट्दा चाँदीको भने बढ्यो

२७ जेष्ठ २०८२, मंगलवार १०:३९

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। यस दिन सुन प्रतितोला ६०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९० हजार रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँका दरले किनबेच भएको थियो।

यता चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेर २ हजार १६५ रुपैयाँ प्रतितोला कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला २ हजार १५० रुपैयाँका दरले खरिद–बिक्री भएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*