गोर्खाज फाइनान्सको सञ्चालकमा जीवन कुमार राई नियुक्त
२७ जेष्ठ २०८२, मंगलवार १०:४४

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको सञ्चालकमा जीवन कुमार राई नियुक्त भएका छन् । उनलाई आगामी चार वर्षको लागि सञ्चालक पदमा नियुक्त गरेको हो ।
कम्पनी सञ्चालक समितिको जेठ २५ गते बसेको ५२२औं बैठकको निर्णयले राईलाई सञ्चालक पदमा नियुक्त गरेको हो । उनी वित्तीय क्षेत्रमा अनुभव प्राप्त व्यक्ति हुन् ।












