सरकारको खातामा कति छ नगद मौज्दात ?

२७ जेष्ठ २०८२, मंगलवार १२:२०

काठमाडौं । चालु आर्थिक वर्षको २०८१–०८२ को १० महिनासम्म सरकारको खातामा तीन खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ बराबर नगद मौज्दात रहेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार राष्ट्र बैंकमा रहेको नेपाल सरकारका विभिन्न खातामा उक्त परिमाण बराबर रकम मौज्दात रहेको छ ।

२०८१ असार मसान्तमा ती खातामा ९३ अर्ब ९६ करोड मौज्दात थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*