नयाँ स्टकको लाइसेन्स दिनु अघि पुँजी बजार सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिक
२७ जेष्ठ २०८२, मंगलवार १८:०७

काठमाडौं । नयाँ स्टकको लाइसेन्स दिनु अघि नेपाल धितोपत्र बोर्डले चिन्तामणि शिवाकोटीको नेतृत्वमा गठित पुँजी बजार सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार सञ्चालनको लागि एक भन्दा बढी सङ्गठित संस्थालाई अनुमति दिन उपयुक्त हुने र नहुने सम्बन्धमा गरिएको अध्ययन प्रतिवेदन, सार्वजनिक गरेको छ ।
बोर्डको सञ्चालक समिति बैठकले सो प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयनमा लैजाने निर्णय गरेसँगै उक्त प्रतिवेदन धितोपत्र बोर्डले सार्वजनिक गरेको हो ।शिवाकोटीको प्रतिवेदनमा नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्ने कार्य र नयाँ स्टक एक्स्चेन्जलाई लाइसेन्स दिने कार्य सँगसँगै अघि बढाउनुपर्ने कुरा उल्लेख छ ।
sebon












