डलरको भाउ घट्यो, अन्य मुद्राको विनिमय दर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जेठ २८ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरीददर १३६.६७ रुपैयाँ र बिक्रीदर १३७.२७ रुपैयाँ कायम भएको छ।
त्यस्तै युरोपियन युरो एकको खरीददर १५६.१५ रुपैयाँ र बिक्रीदर १५६.८४ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरीददर १८४.४७ रुपैयाँ र बिक्रीदर १८५.२८ रुपैयाँ, स्वीस फ्र्याङ्क एकको खरीददर १६६.४२ रुपैयाँ र बिक्रीदर १६७.१५ रुपैयाँ रहेको छ।
अष्ट्रेलियन डलर एकको खरीददर ८९.०६ रुपैयाँ र बिक्रीदर ८९.४५ रुपैयाँ, क्यानेडियन डलर एकको खरीददर ९९.८४ रुपैयाँ र बिक्रीदर १००.२७ रुपैयाँ, सिङ्गापुर डलर एकको खरीददर १०६.२९ रुपैयाँ र बिक्रीदर १०६.७६ रुपैयाँ निर्धारण गरिएको छ।
जापानी येन १० को खरीददर ९.४५ रुपैयाँ र बिक्रीदर ९.५० रुपैयाँ, चिनियाँ युआन एकको खरीददर १९.०२ रुपैयाँ र बिक्रीदर १९.११ रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरीददर ३६.४४ रुपैयाँ र बिक्रीदर ३६.६० रुपैयाँ, कतारी रियाल एकको खरीददर ३७.५० रुपैयाँ र बिक्रीदर ३७.६६ रुपैयाँ कायम गरिएको छ।

थाइ भाट एकको खरीददर ४.१९ रुपैयाँ र बिक्रीदर ४.२१ रुपैयाँ, युएई दिराम एकको खरीददर ३७.२१ रुपैयाँ र बिक्रीदर ३७.३७ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरीददर ३२.२७ रुपैयाँ र बिक्रीदर ३२.४१ रुपैयाँ, दक्षिण कोरियन वन १०० को खरीददर १०.०० रुपैयाँ र बिक्रीदर १०.०५ रुपैयाँ निर्धारण गरिएको छ।
त्यसैगरी स्विडिस क्रोनर एकको खरीददर १४.२७ रुपैयाँ र बिक्रीदर १४.३३ रुपैयाँ, डेनिस क्रोनर एकको खरीददर २०.९३ रुपैयाँ र बिक्रीदर २१.०२ रुपैयाँ, हङकङ डलर एकको खरीददर १७.४१ रुपैयाँ र बिक्रीदर १७.४९ रुपैयाँ रहेको छ।
कुवेती दिनार एकको खरीददर ४४६.३६ रुपैयाँ र बिक्रीदर ४४८.३२ रुपैयाँ, बहराइन दिनार एकको खरीददर ३६२.४७ रुपैयाँ र बिक्रीदर ३६४.०६ रुपैयाँ, ओमानी रियाल एकको खरीददर ३५५.०१ रुपैयाँ र बिक्रीदर ३५६.५७ रुपैयाँ कायम गरिएको छ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने र वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने जनाएको छ।











