पिउने पानीमा कोलिफर्म भेटिएपछि २ लाख जरिवाना, ठेक्का रद्द

२८ जेष्ठ २०८२, बुधबार ०८:०३

काठमाडौं । काठमाडौं महानगरपालिकालाई पिउने पानी आपूर्ति गरिरहेको सीएन इनटरप्राइजेजको पानी पिउन अयोग्य पाइएपछि महानगरले २ लाख जरिवाना तोक्दै ठेक्का रद्द गरेको छ।

काठमाडौंको कृषि तथा पशुपन्छी विभागले सीएन इनटरप्राइजेजले पठाएको पिउने पानीको परीक्षण गरेको थियो। परीक्षणको क्रममा उक्त पानीमा कोलिफर्म पाइएपछि जरिवाना तोकेको हो।

महानगरले उक्त ठेकेदार कम्पनीलाई २ लाख जरिवाना तोकेको छ भने ठेक्का समेत रद्द गरेको छ।

महानगरले उक्त कम्पनीसँग २०८१ वैशाख २ गते सम्झौता गरेको थियो। त्यसपछि उक्त कम्पनीले नै महानगरमा पिउने पानीको आपूर्ति गर्दै आएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*